काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले विराटनगर किंग्सलाई १ सय ३५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको हो । लुम्बिनीको लागि डार्सी शर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बलमा ३ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २९ र रुबिन ट्रम्प्लेमनले ११ रन बनाए ।
विराटनगरको लागि प्रतिष जिसी र सुबाश भण्डारीले समान तीन/तीन विकेट लिँदा सन्दीप लामिछानेले दुई विकेट लिए । अब विराटनगरले जवाफी ब्याटिङ गर्नेछ ।
