काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केही बेरमा सुरु हुने दोस्रो क्वालिफायरको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरू हुने खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।
यस्तो छ प्लेइङ ११
विराटनगर किंग्स : मार्टिन गुप्टिल, स्याम हेजलेट, फाफ डु प्लेसिस, लोकेश बाम, नरेन भट्ट, बसिर अहमद, शंकर राना, प्रतिस जिसी, सन्दीप लामिछाने(कप्तान), सुवास भण्डारी, मार्चन्ट डी लान्गा
लुम्बिनी लायन्स : दिनेश अधिकारी, डार्सी शर्ट, रोहित पौडेल(कप्तान), निरोशन डिकवेला, दिलिप नाथ, सन्दीप जोरा, जे जे स्मिट, रुबेन ट्रम्पेल्म्यान, शेर मल्ल, तिलक राज भण्डारी, अभिषेश गौतम
