एनपिएलमा आज लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे शुरू हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर आजको खेल जित्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ । हाल विराटनगर ५ खेलबाट ८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।

यता रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी प्लेअफको सम्भावनालाई जीवित राख्न चाहन्छ । लुम्बिनी हाल पाँच खेलबाट ४ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *