काठमाडौं । इन्डोनेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फूटबल टोली दोस्रो मैत्रीपूर्ण फूटबल खेलमा पराजित भएको छ । मंगलबार बेलुकी बन्द रंगशालामा भएको खेलमा नेपाल चाइनिज ताइपेइसँग १-० गोलले पराजित भएको हो ।
यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमापनि नेपाल इन्डोनेसियासँग २-१ गोलले पराजित भएको थियो ।
