पोर्चुगललाई यु-१७ विश्वकपको उपाधि

एजेन्सी । पोर्चुगलले फिफा यु-१७ विश्वकपको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनल खेलमा अष्ट्रियालाई १-० गोलले हराउँदै पोर्चुगलले पहिलोपटक विश्वकपको उपाधि जितेको हो ।

दोहाको खालिफा स्टेडियममा भएको खेलमा पोर्चुगलको लागि एनिसियो काब्रालले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा काब्रालले गरेको गोलनै टोलीलाई पहिलोपटक विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो ।

यसअघि पोर्चुगलले यु-१७ युरोकपको उपाधिपनि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *