हङकङ सिक्सेसमा नेपालको दोस्रो हार

काठमाडौं । नेपालले हङकङ सिक्सेसमा दोस्रो हार बेहोरेको छ । शनिबार बिहान भएको खेलमा दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित हुँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको हो ।

जितको लागि ५९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३.४ ओभरमा दुई विकेटको क्षतिमा ६४ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । दक्षिण अफ्रिकाको लागि ब्लाके सिम्प्सनले ३०, जोरीच भान स्चाल्क्वाकले १७ र  अब्दुल्लाह बायोउमी १६ रन बनाए ।

नेपालको लागि लोकेश बमले दुई विकेट लिए ।

यसअघि हङकङको मिसन रोड ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३.३ ओभरमा अलआउट हुँदै ६ विकेटको क्षतिमा ५८ रन बनाएको थियो । नेपालको लागि रशिद खानले १६, लोकेश बमले १४, मोहम्मद आदील अलामले १३, रुपेश सिंहले ७ र कप्तान सन्दीप जोराले ६ रन बनाए ।

जितसँगै दक्षिण अफ्रिका दुई खेलबाट दुई अंक जोड्दै पुल ‘ए’को दोस्रो स्थानमा रहँदा नेपाल अंकविहीन बन्दै पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *