हङकङ सिक्सेसमा नेपाल पराजित

काठमाडौं । हङकङ सिक्सेसमा नेपाल पराजित भएको छ । शुक्रबार बिहान भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो ।

जितको लागि १ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेटको क्षतिमा ९५ रनमात्र बनाउन सक्यो । नेपालको लागि कप्तान सन्दीप जोराले अर्धसतक पूरा गरे । उनले १४ बलमा ८ छक्का र एक चौका हिर्काए । यस्तै रशिद खान र मोहम्मद अदिल आलमले समान ११ तथा लोकेश बमले १० रन बनाए ।

अफगानिस्तानको लागि फर्मानुल्लाह र इजाज अहमद अहमाद्जाईले समान एक/एक विकेट लिए ।

यसअघि हङकङको  मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रनको योगफल  बनाएको थियो ।

नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । रसिद खानले एक विकेट लिए । प्रतियोगितामा  १२ टोली सहभागी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *