राजनीतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन सक्दैनः सुमना श्रेष्ठ

काठमाडौं । रास्वपाकी पूर्वनेतृ सुमना श्रेष्ठले हालको राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक राजनीतिलाई संस्थागत बनाउन ‘सामूहिक नेतृत्व’को अवधारणा अघि सारेकी छन् ।

बिहीबार सामाजिक संजालमार्फत उनले राजनीतिक निकासबिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने आफ्नो बुझाइ रहेको बताइन् ।

उनले भनिन्, पुराना दलहरू रिफर्म होलान् र राजनीतिक निकास पाइएला भन्ने आशा राख्नु मूर्खता हो ।’ उनले पटक–पटक सत्तामा पुगेका पुराना दलका नेताहरूले देशलाई निराशाबाहेक केही दिन नसकेका कारण नयाँ राजनीतिक विकल्पहरूको आवश्यकता झन् तीव्र उल्लेख गरेकी छन् ।

यस्तो छ सुमनाको भनाई

राजनीतिक निकास बिना कुनै पनि आन्दोलन सस्थागत हुन सक्दैन भन्ने बुझाइ हामी सबैको हो । तर पुराना दलहरु रिफर्म होलान् र राजनीतिक निकास पाइएला भन्ने आशा राख्नु मुर्खता हो । पटक पटक नेतृत्वमा पुगेर देशलाई निराशा बाहेक केही दिन नसकेकाहरू एकजुट हुदै छन्, चुनावी समीकरण मिलाउनको लागि ।

परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्न भिन्न । त्यसको एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ । यस अवस्थामा परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाइ समेट्न सक्ने सामुहिक नेतृत्वको आवश्यकता देख्दछु।

सबै समुह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरुलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामुहिक नेतृत्वको अवधारणामा जान सकिन्छ कि? पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद् (Council of Leaders ) बनाए कस्तो होला ? कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न ? हामीलाई अहिले चाहिएको मध्यमार्गी पथमा हिडेर बजारलाई ठिक्क नियमनमा राखी सम्बृद्धि ल्याउने सरकार हो । यस्तो जनताको मुद्दा बोक्ने “वैकल्पिक“ राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न सबैले मनन गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *