एजेन्सी । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले युएईलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा नेपालले युएईले २ सय ४० रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको हो । नेपालको लागि भीम शार्कीले ४८, कुशल मल्लले ४५, दीपेन्द्र सिंह एरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० र सन्दीप लामिछानेले १५ रन बनाए ।
युएईको लागि जनाइद सिद्दिकी, मुहम्मद जवादुल्लाह र ध्रुव पाराषरले एक/एक विकेट लिँदा जाहिद अलीले एक विकेट लिए ।
