आज नेपाल र युएई खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली युएई भिड्दैछन् । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल बिहान ११:१५ बजे शुरू हुनेछ ।

आज हुने खेलमा नेपाल सान्तवना जितको खोजीमा हुनेछ । यसअघिको सिरिजको सबै तीन खेलमा पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ । नेपाल सिरिजको पहिलो खेलमा अमेरिकासँग १ सय ६ रन, दोस्रो खेलमा युएईसँग ५ विकेट र तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।

नेपालले आफ्नो पछिल्लो ५ खेलमा मात्र एक जित हात पार्न सकेको छ । यता युएईको अवस्थापनि एकै रहेको छ । युएईले आफ्नो पछिल्लो पाँच खेलमा मात्र एक जित निकाल्दा चार खेलमा पराजित भएको छ । गत सोमबार भएको खेलमा अमेरिकासँग लज्जास्पद हार बेहोरेको युएई आज नेपाललाई हराउँदै उक्त घाउमा मल्हम लगाउने लक्ष्यमा रहेको छ । जितको लागि २ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको युएई २२.१ ओभरमा ४९ रनमा अलआउट भएको थियो ।

हाल युएई १९ खेलबाट ८ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ भने समान खेलबाट १२ अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *