वैशाख २७ देखि ३० सम्म पार्टीको १५ औं महाधिवेशन गर्न कांग्रेस संस्थापन पक्षको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख २७ देखि ३० सम्म पार्टीको १५ औं महाधिवेशनको प्रस्ताव राखेको छ ।

मंगलबार केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका तर्फबाट प्रस्ताव राख्दै सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

यसअघि, बैठकमा महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

कांग्रेसमा संस्थापन र अर्को इतर पक्षले पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने तर दुईथरि मिति प्रस्ताव गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *