प्रधानमन्त्रीसँग संघीय संसद्का दुवै सदनका प्रमुखको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार उनीहरूबीभ भेटवार्ता भएको हो ।

भेटवार्तामा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे सहभागी रहेका थिए ।

भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *