सुदूरपश्चिम रोयल्समा अष्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउन अनुबन्ध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले चौथो विदेशी खेलाडीको रुपमा अष्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ ।

ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । टी–२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका ब्राउनले एनपीएलको दोस्रो संस्करणमा खेल्न पाउँदा खुसी व्यक्त गरे।

जोस ब्राउनले टी–२० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन् । टी–२० क्रिकेट यो स्कोर कमै खेलाडीले बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *