-ऋषि कट्टेल
दुईदिनअघि पाँच वटा पार्टी फुटेछन् । विप्लव नेतृत्वको पार्टी फुटेछ । यो पार्टी फुटको सुरुवात संसदीय चुनावमा भाग लिने वा नलिने विषयवाट सुरु भयो । अहिले माओवादी केन्द्रसँगको एकताको प्रश्नमा फुटेको देखिन्छ । दोस्रो फुट समाजवादीमा देखियो । त्यो पार्टी पनि माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने कुराले फुटेको छ । अर्को फुट आहुतिको पार्टीमा भयो । कारण थाहा छैन । चोथो मुर्तरुपमा थाहा नभएको सानो तिनो फुट क्रान्तिकारी कम्युनिष्ट पार्टीमा पनि भएको कुरा चर्चामा छ । बसन्त वोगटीले वनाएको भनेको नेकपा फेरि फुटेको छ ।
माओवादी केन्द्र फुटको तयारीमा छ भन्ने सुनिन्छ । नारायणकाजीहरु समेतको तयारी पूरा भएको रहेछ । अहिले पर्ख र हेरको अवस्थामा छन् । जनार्दनहरु खुलै विद्रोहको तयार मा देखिन्छन् । रामकार्की हरु समेत दाहालले नेतृत्व नछोडेकोमा यसै भन्ने स्थितिमा छैनन् । प्रवासतिर छुट्टै भेलाहरु भइरहेका सूचनाहरु सार्वजनिक भइरहेका छन् । एमालेभित्र पनि नेतृत्वको प्रश्नमा गम्भीर मतभेद देखिँदैछ । यो फुटको तहसम्म विकास हुने वा नहुने माहाधिवेशनसम्म पुगेपछि थाहा हुनेछ ।
अर्कोतर्फ काँग्रेसमा पनि किचलो निकै देखिन्छ । हिन्दूवादी, राजावादीहरुको सक्रियता निकै देखिन्छ । साथै इण्डो अमेरिकी विवाद पनि निके बढेको छ । फुटको संभावनातिर अग्रसर छ काँग्रेस । राप्रपा लिङ्देन र राणाको विवादले फुटको संघारमा उभिएको छ । रास्वपासमेत विवादको भूमरीमा फसेको छ । सुमना, तोसिमा जस्ता पपुलर महिला नेतृृहरु पार्टी त्यागको अवस्थामा पुगेका छन् । हुँदाहुँदा जेनजी भनिएकाहरुमा पनि तीन चार गुट बनिरहेका छन् ।
यी सर्ब तथ्यहरुले के प्रष्ट गर्दछन् भने नेपाली राजनीतिक क्षेत्र तीव्र रुपमा ध्रुव्रीकरण र पुनर्गठनको दिशातर्फ अग्रसर छ । यसले नयाँ एकता र नयाँ ध्रुवीकरणको संभावनाको बाटो पनि खोलेको छ । साथै विचार विहीन र चरित्रहीन बनेको राजनीतिलाई शुद्धीकरणको दिशामा लाने अवस्था पनि सिर्जना भएको छ ।
