काठमाडौं । नेपाल र भारतबीचको जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । सिक्किमको पाल्जोर स्टेडियममा जारी खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको हो ।
भारतको लागि सौम्य गुगुल्टोले एक गोल गर्दा नेपालको लागि रश्मी कुमारी घिसिङले एक गोल गरिन् । खेलको ३० औँ मिनेटमा सौम्यले गोल गर्दै नेपाललाई शुरूवाती अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफको इन्जुरी समयमा रश्मी कुमारी घिसिङले हेडर गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएकी हुन् ।
