काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्रशान्त छनोटको सुपर सिक्स अन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धसतक बनाएका छन् । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा आसिफले टी-२० आईमा नवौं अर्धसतक पुरा गर्दै आउट भएका हुन् ।
उनले ४५ बलमा ४ चौका र एक छक्काको मद्दतमा अर्धसतक पुरा गरेका हुन् । उनी ४७ बलमा ५१ रन बनाउँदै पभिलियन फर्किएका हुन् । ताजा अवस्थामा नेपालले १६ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा १ सय ३ रन बनाएको छ । हाल कुशल मल्ल ३ र दीपेन्द्र सिंह एरी सुन्य रनसहित क्रिजमा छन् । यसअघि कुशल भुर्तेल २८ र कप्तान रोहित पौडेल २० रन बनाउँदै आउट भएका हुन् ।
युएईको लागि मुहम्मद रोहिद, हर्षित कौशिक र ध्रुव पाराषरले एक/एक विकेट लिएका छन् ।
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह एरी, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी
