सिरहाबाट दुई क्विन्टल गाँजा बरामद

सिरहा । सिरहाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान् गाउँपालिका–२ स्थित बलान नदीे किनारबाट २ सय १९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो ।

यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएको अवस्थामा नौ बोरा गाँजा बरामद भएको हो । खोला किनारमा गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *