लुटपाट भएका सामग्री फिर्ता गरिदिन राष्ट्रपति कार्यालयको सूचना

काठमाडौं । राष्ट्रपति कार्यालयले जेन्जी आन्दोलनको क्रममा लुटपाट भएका सामग्री बुझाइदिन सूचना जारी गरेको छ ।

राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टि.भि. कुर्सी लगायतका भौतिक सामग्रीहरू कार्यालय परिसरबाट लुटपाट चोरी भएको उल्लेख गरेको छ ।

सामग्रीहरूको सम्बन्धमा कुनै जानकारी भएमा नजिकको सुरक्षा निकायमा जानकारी दिन र सूचना दिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *