काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रपतिलाई महान्यायाधिवक्तामा भण्डारीको नाम सिफारिस गरेकी हुन् । यसअघि आजै रमेश बडालले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए ।
