एजेन्सी । एसीसी पुरुष टी-२० एसिया कप-२०२५ अन्तर्गत भएको खेलमा श्रीलंका विजयी भएको छ । शुक्रबार राति सम्पन्न खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै श्रीलंकाले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १४.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । श्रीलंकालाई जित दिलाउन पाथुम निस्सान्काले ५०, कमिल मिश्राले नटआउट ४६ र चरिथ असलंकालेपनि नटआउट १० रन बनाए ।
बंगलादेशको लागि महेदी हसनले दुई तथा मुस्ताफिजुर रहमान र तान्जिम हसन सकिबले समान एक/एक गोल गरे ।
यसअघि जायद क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ३९ रन बनाउँदा शमिन होसाइन र जाकेर अलीले नटआउट क्रमशः ४२ र ४१ रन बनाए ।
श्रीलंकाको लागि वानिन्दु हसरान्गाले दुई तथा नुवन थुशारा र दुश्मान्था चमेराले समान एक/एक विकेट लिए ।
जितसँगै समूह ‘बी’मा रहेको श्रीलंकाले एक खेलबाट दुई अंक जोडेको छ भने एक खेलबढि खेलेको बंगलादेशकोपनि समान दुई अंक रहेको छ ।
