दुलेगौंडा, तनहुँ । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पदबाट राजीनामा दिएका छन् । पण्डितले मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
देश भरी जेनजी समूहले आफ्ना मागहरु राखेर आन्दोलन गर्दै गर्दा पनि नेपाल सरकारले सम्बोधन गर्न नसक्दा नगरपालिकाको सम्पतिमा पनि क्षति पुगेको बताउँदै उनले राजीनामा दिएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्,”सम्पूर्ण शुक्लागण्डकी नगरपालिकाबासी आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरुमा नमस्कार । देश भरी जेनजीले आफ्ना मागहरु राखेको आन्दोलन गर्दै गर्दा पनि नेपाल सरकारले सम्बोधन गर्न नसक्दा सरकारी निकाय यस शुक्लागण्डकी नगरपालिकामा पनि क्षति पुगेको छ । यो विषम परिस्थितिमा जेनजीले गरेको आन्दोललाई मध्यनजर गर्दै र यो समयमा युवाहरुको मतको उच्च कदर गर्दै पदबाट राजिनामा दिएको घोषणा गर्दछु । साथै आन्दोलनरत साथीहरुलाई पनि संयमित हुन र शान्तिपुर्ण तरिकाले आन्दोलन गर्न विनम्र अनुरोध गर्दछु ।”
यस्तै आज शुक्लागण्डकीमा भएको प्रदर्शनमा जेनजी समूहले मेयर पण्डितको भवन र नगरपालिकाको सम्पतिमाथि तोडफोड र आगजनी गरेका थिए ।


