काठमाडौं । भारतले नेपालमा पछिल्लो समय भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताएको छ । मंगलबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी शान्तिपूर्ण र संवादमार्फत समस्या समाधान हुने आशा व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नजिकका मित्र र छिमेकीको हैसियतले हामी सबै सरोकारवालाले संयमता अपनाउने र कुनै पनि समस्या शान्तिपूर्ण तरिका र संवादमार्फत समाधान गर्ने आशा गर्छौँ ।’
भारतले मृतकहरूका परिवारहरूप्रति समवेदना व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेको छ।

