सामाजिक संजाल बन्द गरेर सरकारले उत्तर कोरियाको बाटो लियोः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सामाजिक संजालमार्फत बास्कोटाले सरकारले देशलाई ‘उत्तर कोरिया बनाउन लागेको’ बताएका हुन् ।

उनले भनेका छन्, ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथेँ मैले । तर, सरकारले नर्थ कोरिया पो बनाउने भएछ । विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि ।’ सरकारले दर्ता हुन नआएका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *