रोहितको सतकमा नेपाल विजयी

काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपालले साउथ अष्ट्रेलियाविरुद्ध भएको एकदिवसीय खेलमा जित हासिल गरेको छ । शनिबार दिउँसो सम्पन्न खेलमा नेपालले साउथ अष्ट्रेलियालाई २ विकेटले हराएको हो ।

जितको लागि २ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा २ सय ४४ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको लागि कप्तान रोहित पौडेलले सतक बनाए । उनले १ सय २ बलमा नटआउट १ सय १ रन बनाए । उनलाई सोमपाल कामीले ३० बलमा ३८ रन बनाउँदै साथ दिए । यस्तै गुलसन झा ३६, कुशल भुर्तेलले २८ र आसिफ शेखले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको साउथ अष्ट्रेलियाले निर्धारित ४५ ओभरमा अलआउट हुँदै २ सय ४२ रन बनाएको थियो ।

नेपालको लागि सोमपाल कामी र नन्दन यादवले समान ३/३ विकेट लिँदा सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले समान १/१ विकेट लिए ।

नेपालले आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप अष्ट्रेलिया भ्रमण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *