काठमाडौं । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपिएलको मिति सार्वजनिक गरेको हो ।
प्रतियोगिता किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करणमा भव्यताका साथ सम्पन्न भएको लिगको दोस्रो संस्करणपनि विभिन्न विवादका बाबजुत भव्य बनाउने लक्ष्यमा क्यान रहेको छ ।
पहिलो संस्करणको उपाधि सुदुरपश्चिम रोयल्सलाई फाइनलमा हराउँदै जनकपुर बोल्ट्सले जितेको थियाे ।
