टप एन्ड टी-२० सिरिजमा आज नेपाल र बंगलादेश ‘ए’ भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिजमा आज नेपाल र बंगलादेश ‘ए’ भिड्दैछन् । डार्बिनस्थित मरारा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । शुक्रबार भएको पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको नेपाल आज जित निकाल्दै सिरिजमा पुनरागमन गर्न चाहन्छ ।

यता पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग ७९ रनले पराजित भएको बंगलादेशपनि आज पहिलो जितको खोजीमा हुनेछ । नेपालले आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारी स्वरूप टप एन्ड टी-२० सिरिज खेलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *