काठमाडौं । अस्ट्रेलियामा हुने टप एण्ड टी–२० सिरिजको लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक स्टुवर्ड लले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरेको क्यानले जनाएको हो ।
पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपालले कुल ६ खेल खेल्ने छ । नेपालले अगस्ट १५ मा नर्दन टेरिटोरीविरुद्ध खेल्दै सिरिजको शुरुवात गर्नेछ ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, आरिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी
