मकाउका पूर्व सांसदको गिरफ्तारीको इयूद्वारा निन्दा

ब्रसेल्स । युरोपेली सङ्घ (इयू) ले मकाउले लोकतन्त्र पक्षधर पूर्व सांसद अउ काम सानलाई पक्राउ गरेको घटनाको निन्दा गरेको छ । अउ शहरको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत पक्राउ पर्ने पहिलो व्यक्ति हुन्।

अधिकारीहरूले बिहीबार ६८ वर्षीय अउ (प्राथमिक विद्यालयका शिक्षक) को चीनलाई खतरामा पार्ने विदेशी समूहसँग सम्बन्ध रहेको आरोप लगाएका थिए।

युरोपेली सङ्घकी प्रवक्ता अनिता हिप्परले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो घटनाले मकाउको विशेष प्रशासनिक क्षेत्रमा राजनीतिक बहुलवाद र अभिव्यक्ति स्वतन्त्रताको निरन्तर क्षयीकरणको बारेमा विद्यमान चिन्तालाई थप बढाएको छ।’

पूर्व पोर्चुगाली उपनिवेशमा स्थापित मानव अधिकार र मौलिक स्वतन्त्रताप्रतिको सम्मान मकाउको आधारभूत कानून र ’एक देश, दुई प्रणाली’ को केन्द्रीय तत्व हो भन्ने कुरा इयूले स्मरण गरेको छ ।

सन् १९९९ मा चीनले मकाउलाई पोर्चुगलबाट फिर्ता लिएपछि हङकङ नजिकैको क्षेत्र र क्यासिनोका लागि परिचित यो क्षेत्रले आफ्नै कानुनी प्रणाली कायम राखेको छ ।

राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउने सुरक्षा कानुन सन् २००९ मा पारित भए पनि सन् २०२३ मा यसलाई व्यापक बनाइएको थियो । सन् २०२१ सम्म विधायक रहेका अउले समाज कल्याण, भ्रष्टाचार र चुनावी सुधारका लागि अभियान चलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *