काठमाडौं । भारतमा जारी डुरान्ड कप फुटबलको दोस्रो खेलमा नेपालको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बराबरी खेलेको छ । शनिबार दिउँसो भएको खेलमा आर्मीले भारतको लद्दाकसँग १-१ गोलको बराबरी खेलेको हो।
शुरुवातमा एक गोलले पछि परेको आर्मीले ४१ औं मिनेटमा निराजन धामीले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा खेल १-१ को बराबरीमा सकिएको हो ।
यसअघि आर्मीले पहिलो खेलमा जम्सेदपुर एफसीसँग ३-२ गोलअन्तरको हार बेहोरेको थियो ।
