नेपाल प्रिमियर लिगको अक्सन साउन २४ गते हुने

काठमाडौं । फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि खेलाडीको अक्सन यही साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति जारी गर्दै एनपीएलको अक्सन साउन २४ गते हुने जानकारी दिएको हो ।

क्यानले यसअघि असार २८ गतेदेखि साउन ६ गतेसम्म खेलाडी दर्ताको लागि आवेदन खुलाएको थियो । क्यानका अनुसार चार सय ५८ खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । दर्ता भएका सबै खेलाडीको नाम आठ वटै फ्रेन्चाइजी टोलीलाई उपलब्ध गराएर अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्ने क्यानले जनाएको छ ।

एनपीएलमा सहभागी हुने आठ टोलीले आफूले चाहेको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी रहने खेलाडी छनोट गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *