अब देशले नयाँ नेतृत्व खोजेको छः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा जनताले आशा गरे अनुसारको विकास हुन नसकेको बताएका छन् ।

बिहीबार ग्लोबल युथ पार्लियामेण्टले आयोजना गरेको १६५ युवा सांसदको घोषणा तथा शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै उनले नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरु भएपनि जनताले आशा गरे अनुसारको विकास नभएको कुरा वास्तविकता भएको बताए । उनले जुन खालको विकासको आशा जनताले राखेका थिए त्यो अहिलेसम्म पूरा हुन नसकेको बताए ।
उनले भने, ‘नेपालमा केही हुँदैन, केही हुन सक्दैन भन्ने एक किसिमको भाष्य जुन विकास भएको छ, त्यसलाई बदल्नुपर्छ । अब यहीँ गर्न सकिन्छ, हामीले गर्नुपर्छ हाम्रो पुस्ताले गर्नुपर्छ भन्ने भाष्य विकास गर्नुपर्छ । नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरु भए तर जुन विकास निर्माणको नेतृत्व दिनुपर्ने थियो, जुन खालको विकासको आशा जनताले राखेका थिए त्यो अहिलेसम्म पूरा हुन सकेको छैन् । यो वास्तविकता हो ।’

उनले राजनीतिक नेतृत्व र विकास नेतृत्व फरक विषय भएको भन्दै नेपालका नेतृत्वहरुले यस विषयमा त्यति ध्यान दिन नसकेको बताए ।

उनले भने, ‘राजनीति गर्न हाम्रा नेताहरु एकदमै जान्ने हुनुहुन्छ, सफल हुनुहुन्छ, उहाँहरुले धेरै काम पनि गर्नु भएको छ, नगरेको भन्ने होइ । क्षमता छ । त्यो हिसाबमा काम भएको पनि छ । तर देश र जनताले आशा गरेको अनुसार नेपालको विकास हुन सकेन । अबको पुस्ताले अगाडि बढेर नेपाललाई समृद्ध बनाउनुपर्छ भन्ने आजको युवाहरुको आवाज हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *