एभरेष्ट महिला भलिबल लिग अक्सन : कुन टोलीमा कुन खेलाडी ?

काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको अक्सन सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न अक्सनमा ६ फ्रेन्चाइज टोलीले ४२ खेलाडी अनुबन्ध गरेका हुन् ।

अक्सनमा सबै फ्रेन्चाइज  टोलीले क्याटेगोरी ‘ए’बाट एक तथा क्याटेगोरी ‘बी’ र ‘सी’बाट समान ३/३ खेलाडी किनेका हुन् । सबै टोलीले यसअघिनै मार्की खेलाडी र प्रशिक्षक घोषणा गरिसकेका थिए ।

लिग आगामी भदौ २० देखि २८ गतेसम्म हुँदैछ । पहिलो संस्करणको उपाधि कर्णाली यश्विसले जितेको थियो ।

कुन टोलीमा कुन खेलाडी ?

काठमाडौं स्पाइकर्स

मार्की खेलाडी: उषा भण्डारी

क्याटेगोरी ‘ए’: कविता भट्ट

क्याटेगोरी ‘बी’: मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर

क्याटेगोरी ‘सी’: बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री

ललितपुर क्विन्स

मार्की खेलाडी: सलिना श्रेष्ठ

क्याटेगोरी ‘ए’: संगम महत्तो

क्याटेगोरी ‘बी’: ललिना बुढामगर, लक्ष्मी चन्द, सुनिता राई

क्याटेगोरी ‘सी’: निशा चौधरी, सृष्टि खड्गी, भावना डाँगी

पोखरा निन्जाज

मार्की खेलाडी: प्रगती नाथ

क्याटेगोरी ‘ए’: पुनम चन्द

क्याटेगोरी ‘बी’: मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा

क्याटेगोरी ‘सी’: अन्जिला प्रधान, निशा महर, भावना तामाङ

मधेश युनाइटेड

मार्की खेलाडी: निरुता ठगुन्ना

क्याटेगोरी ‘ए’: आरती सुवेदी

क्याटेगोरी ‘बी’: कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट

क्याटेगोरी ‘सी’: बबिता बोहरा, बसन्ती साउद, स्नेहा ठगुन्ना

लुम्बिनी लाभाज

मार्की खेलाडी: अरुणा शाही

क्याटेगोरी ‘ए’: कामना विष्ट

क्याटेगोरी ‘बी’: शान्तिकला तामाङ, एलिशा मानन्धर, जेनिशा विक

क्याटेगोरी ‘सी’: रोमा महतो, अनुशा चौधरी, रन्जना बोटे

कर्णाली यश्विस

मार्की खेलाडी: सुमित्रा रेग्मी

क्याटेगोरी ‘ए’: साफिया पुन

क्याटेगोरी ‘बी’: रश्मिता दुरा, जसना महतो, पूजा थारु

क्याटेगोरी ‘सी’: नेविका चौधरी, रेविका लामा, अलिशा भुजु

Leave a Reply

Your email address will not be published. Required fields are marked *