पोखरा निन्जाजको मार्की खेलाडीमा प्रगति

काठमाडौं । नेपाली राष्ट्रिय टिमकी खेलाडी प्रगति नाथ पोखरा निन्जाजको मार्की प्लेयरमा अनुबन्ध भएकी छन् । पोखरा निन्जाजले उनलाई दोस्रो संस्करणको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’का लागि मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

गत सिजनमा उनले गण्डकी थण्डर्सबाट एभरेष्ट महिला भलिबल लिग खेलेकी थिइन् । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने प्रतियोगिताको दोस्रो सस्करण आगामी भाद्र २० देखि २८ गते सम्म हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *