कप्तान सावित्रासहित १० खेलाडी सम्मानित

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ सहित १० जना खेलाडी समानित भएका छन् । द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले उनीहरुलाई बुधबार नगद पुरस्कारसहित सम्मान गरेको हो ।

हालै सम्पन्न एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी सावित्रासहित अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा राना, राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल, सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । यस्तै उनीहरुलाई  समग्रमा १८ लाख बढीको छात्रवृत्ति प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *