साफ यु-२० खेल्न जाने नेपाली टोलीलाई बिदाई

काठमाडौं । बंगलादेशमा हुने साफ यु-२० महिला च्याम्पियनसिप २०२५ खेल्न जाने नेपाली टोलीलाई बिदाई गरिएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै नेपाली युवा टोलीलाई बिदाई गरेको हो ।

नेपाली टोलीलाई एन्फाका अध्यक्ष पन्जक विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले बिदाई गरेका हुन् ।

साफ यु-२० महिला च्याम्पियनसिप जुलाई ११ देखि जुलाई २१ सम्म ढाकामा हुँदैछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । नेपालले शुक्रबार भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *