मलेसियाद्वारा नेपाललाई फाइनल पुग्न सामान्य विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । एसीसी पुरुष यु-१६ इस्ट जोन कप २०२५ अन्तर्गत जारी पहिलो सेमिफाइनल खेलमा मलेसियाले नेपाललाई माध्यम विजयी लक्ष्य प्रस्तुत गरेको हो । क्वालालम्पुरमा जारी खेलमा मलेसियाले नेपाललाई जितको लागि ९१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा अलआउट हुँदै  ९० रन जोडेको हो । मलेसियाको लागि मुहम्मद फाथुल मुइनले सर्वाधिक ३८ रन बनाए । उनले ७१ बलमा ६ चौका र एक छक्का हिर्काए । यस्तै डेज पात्रोले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।   ।

नेपालको लागि अभय यादवले १० ओभरमा १५ रन दिएर चार विकेट लिए । यस्तै शुभम खनालले तीन तथा विपिन प्रसाद शर्मा र सचिन भट्टले समान एक/एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *