नौ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नौजना खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान  गरेको छ । मन्त्रालयले विभिन्न खेलका ६ खेलाडीलाई नगद पुरस्कारसहित सम्मानित गरेको हो ।

 राष्ट्रिय खेलकुद सम्मान पाउनेमा भरतसिंह महता (पारा तेक्वान्दो), प्रेमबहादुर लिम्बू (तेक्वान्दो), वीरबहादुर महरा (तेक्वान्दो), अनुजा कुलुङ राई, (कबड्डी), मानमती विष्ट (कबड्डी) र दीपा शाही (फुटबल) छन् । उनीहरुसबैले जनही एक लाख रुपैयाँ प्राप्त गरे ।

प्रशिक्षकतर्फ कविराज नेगी लामा (तेक्वान्दो), निर्णायकतर्फ धनकुमार मैनाली (बक्सिङ) तथा चिकित्सकतर्फ डा. राजु डंगोल महर्जनलाई सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार जनही २५ हजार रुपैयाँसहित ११ जनाले पाएका छन् ।

पुरस्कृत हुनेमा मुकुन्द घिमिरे (इलाम), शरदचन्द्र भट्टराई (बारा) विक्रमकुमार बानियाँ (मकवानपुर), दिननाथ बराल (कास्की), स्वस्तिक श्रेष्ठ (बुटवल), दिनेशकुमार बुढा (दैलेख), दिनेशबहादुर विष्ट (बैतडी) छन्। यसैगरी नमिता दाहाल (तनहुँ) समावेशी महिलातर्फ र रूपा गहतराज समावेशी दलिततर्फ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *