काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत केहिबेरमा लाओसविरुद्ध हुने खेलको लागि नेपालको शुरुवाती ११ घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले रेनुका नगरकोटीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेका छन् ।
मुख्य प्रशिक्षक प्याट्रिकले पहिलो रोजाईकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राख्दै अन्जना राना मगरलाई शुरुवाती ११ मा मौका दिएका छन् । उनले आज ३-५-२ को फर्मेसनमा टोलीलाई मैदान उतार्ने भएका छन् ।
नेपालको शुरुवाती ११ :- अन्जना राना मगर(गोलरक्षक); समिक्षा केसी, गीता राना, निशा ठोकर; सरु लिम्बू, सरस्वती हमाल, सविता राना मगर, रेनुका नगरकोटी, अनिता बस्नेत; सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ
