बेन्फिकासँग बायर्न स्तब्ध

एजेन्सी । फिफा क्लब विश्वकप-२०२५ मा बायर्न म्युनिख पराजित  भएको छ । मंगलबार राति भएको बायर्न बेन्फिकासँग १-० गोलले स्तब्ध बनेको हो ।

बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा बेन्फिकालाई जित दिलाउन एड्रियस स्च्जेल्देरूपले निर्णायक गोल गरे । खेलको १३ औँ मिनेटमा प्रेस्टिअन्नीको पासमा स्च्जेल्दुरूपले गरेको गोलनै बेन्फिकालाई जित दिलाउन निर्णायक बन्यो ।

जितसँगै बेन्फिका ३ खेलबाट ७ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ६ अंक जोडेको बायर्न दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *