एजेन्सी । फिफा क्लब विश्वकप-२०२५ अन्तर्गत भएको खेलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा अकल्यान्ड सिटीलाई १०-० गोलले हराउँदै बायर्नले प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
टिक्युएल स्टेडियममा भएको खेलमा बायर्नलाई जित दिलाउन जामाल मुसियालाले ह्याट्रिक पूरा गर्दा किंग्सले कोमान, थोमस मुलर र माइकल ओलिसेले समान एक/एक गोल गरे । सचा बोनीको नाममा एक गोल रह्यो । बायर्नले पहिलो हाफमा ६ र दोस्रो हाफमा चार गोल गरेको हो ।
जितसँगै समूह ‘सी’मा रहेको बायर्नले तीन अंक जोडेको छ ।
गएरातिनै भएको समूह ‘बी’को अर्को खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले एथ्लेटिको म्याड्रिडलाई ४-० गोलले हराएको हो ।
