एजेन्सी । फिफा क्लब विश्वकप-२०२५ अन्तर्गत भएको उद्धाटन खेल बराबरीमा सकिएको छ । आइतबार बिहान भएको पहिलो खेलमा अल अहली र इन्टर मियामीले गोलरहित बराबरी खेलेका हुन् ।
फ्लोरिडास्थित हार्ड रक स्टेडियममा भएको खेलमा गोल हुन नसक्दा दुवै टोलीले एक/एक अंक बाढेका हुन् । पहिलो हाफको ४३ औँ मिनेटमा ट्रेजेगुएट पेनाल्टीमा चुक्दा अल अहलीले शुरुवाती अग्रता लिने मौका गुमाएको थियो । इन्टर मियामीका गोलरक्षक ओस्कार उस्टेरीले अल अहलीको प्रहार बारम्बार विफल पारेका थिए ।
बराबरीसँगै समूह ‘ए’मा रहेका दुवै टोलीले एक/एक अंक जोडेका छन् ।
आजै राति हुने अर्को खेलमा बायर्न म्युनिख र अकल्याण्ड सिटी तथा पेरिस सेन्ट जर्मन र एथ्लेटिको म्याड्रिड भिड्नेछन् । यस्तै भोलि बिहान हुने खेलमा पाल्मेरेस र एफसी पोर्टो तथा बोटाफोगो आरजे र सेटल साउनडेर्स प्रतिस्पर्धा गर्नेछन् ।