नेपालद्वारा नेदरल्यान्ड्सलाई मध्यम लक्ष्य प्रस्तुत

काठमाडौं । स्कटल्याण्ड भ्रमणमा रहेको नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा नेदरल्यान्ड्सलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । डुन्डेस्थित फोर्टहिलमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई २ सय ३७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङआ उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३६ रन बनाएको हो । नेपालको लागि आरिफ शेखले अर्धसतकीय पारी खेले । उनले ८५ बलमा ७ चौका र २ छक्काको मद्दतमा ८४ रन बनाए । यस्तै भीम शार्की र कप्तान रोहित पौडेलले समान ३५/३५ रन बनाउँदा कुशल भुर्तेलले १८, दीपेन्द्र सिंह एरीले १६ तथा बासिर अहमद र करण केसीले समान ११/११ रन बनाए ।

नेदरल्यान्ड्सको लागि पाउल भान मेकेरेनले चार विकेट लिँदा मिचेल लेभिटले तीन र आर्यन दत्तले एक विकेट लिए । अब नेदरल्यान्ड्सले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *