विश्वकप छनोटमा इटाली र बेल्जियम विजयी

एजेन्सी । फिफा विश्वकप-२०२६ अन्तर्गत भएको युरोपेली छनोटमा इटाली र बेल्जियम विजयी भएका छन् । सोमबार राति भएको खेलमा इटालीले मोल्डोभालाई २-० गोलले हराएको हो ।

मापेई स्टेडियममा भएको खेलमा इटालीलाई जित दिलाउन गिआकोमो रास्पाडोरी र एन्द्रिया काम्बिअसोले समान एक/एक गोल गरे । खेलको ४० औँ मिनेटमा रास्पाडोरीले गोल गर्दै इटालीलाई शुरुवाती अग्रता दिलाएका थिए । ५० औँ मिनेटमा काम्बिअसोले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इटाली २-० गोलले विजयी भएको हो । जितसँगै इटाली दुई खेलबाट ३ अंक जोड्दै समूह ‘आई’ तेस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको मोल्डोभा अंकविहीन रहँदै पुछारमा छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा बेल्जियमले वेल्समाथि ४-३ गोलको रोमाञ्चक जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा बेल्जियममा जित दिलाउन रोमेलु लुकाकु, यौरी टेलेमानस, जेरेमी डोकु र केभिन डी ब्रुयनले समान एक/एक गोल गरे । वेल्सको लागि ह्यारी विल्सन, सोर्बा थोमस र ब्रेनान जोन्सनले समान एक/एक गोल गरेपनि टोलीको हार टार्न पर्याप्त रहेन ।

जितसँगै बेल्जियम २ खेलबाट ४ अंक जोड्दै समूह ‘जे’को दोस्रो स्थानमा उक्लिएको छ भने दुई खेल बढी खेलेको वेल्स ७ अंकको साथ दोस्रो स्थानमा यथावत छ ।

अन्य खेलको नतिजा

इस्टोनिया ०-१ नर्वे

क्रोएसिया ५-१ चेक रिपब्लिक

फारो आइल्याण्ड २-१ गिब्राल्टार

Leave a Reply

Your email address will not be published. Required fields are marked *