भारत सरकारको सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न नेपालीहरुलाई दिल्लीस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारत पाकिस्तान तनावका कारण उत्पन्न परिस्थितिमा भारत सरकारको सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न नेपालीहरुलाई आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी दूतावासले संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न आग्रह गरेको छ ।

दूतावासले भनेको छ, ‘भारत जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न नेपाली राजदूतावास, नयाँदिल्ली अनुरोध गर्दछ ।’

साथै, दूतावासले कुनै आपतकालीन अवस्था आएमा दूतावासको आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *