काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणा रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले राणालाई आइतबार राति रिहा गरेको हो ।
चैत १५ गते काठमाडौंको तिनकुने घटनामा अवाछित गतिविधि गरेको आरोपमा राणालाई सोही दिन राति पक्राउ गरेको थियो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले राणालाई हाजिरी जमानीमा रिहा गरिएको जानकारी दिए ।
उनले राणालाई रिहा गर्नु स्वागतयोग्य भन्दै राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत आस्थाका सबै बन्दीलाई रिहा गर्न माग गरेका छन् ।
राणा केही समयअघि भारतमा मुखको क्यान्सरको उपचार गरेर फर्किएका थिए । फलोअपमा जानका लागि राणालाई रिहा गर्न माग गरिएको थियो ।