धनगढीलाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा

काठमाडौं । साविक विजेता ललितपुर सिटी फूटबल क्लब नेपाल सुपर लिग(एनएसएल)को फाइनलमा पुगेको छ । शनिबार बेलुकी भएको विवादस्पद पहिलो क्वालिफायर खेलमा धनगढीलाई २-१ गोलले हराउँदै ललितपुर फाइनलमा पुगेको हो ।

त्रिपुरेश्चरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जित दिलाउन केर्भिन्स फिल्स बेल्फोर्ट र पापा उबु केबेले समान एक/एक गोल गरे । धनगढीको लागि जर्ज प्रिन्स कार्कीले एक गोल गरे । पहिलो हाफमा माणि कुमार लामा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि १० खेलाडीमा समेटिएको ललितपुरले ५६ औं मिनेटमा बेल्फोर्टको गोलमा  शुरुवाती अग्रता लिएको थियो ।

६१ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै धनगढीलाई १-१ गोलको बराबरीमा ल्याए । यस्तै ७९ औं मिनेटमा पापा इबु केबेले गोल गर्दै ललितपुरलाई २-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै ललितपुर सिधैं फाइनलमा पुगेको छ भने धनगढीले फाइनल पुग्ने दोस्रो मौका पाउनेछ । अब धनगढीले दोस्रो क्वालिफायरमा फाइनल प्रवेशको लागि भोलि हुने पोखरा थन्डर्स र चितवनबीचको खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *