आईपीएलमा चेन्नईको दोस्रो जित

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नई सुपर किंग्सले दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा लखनउ सुपर जायान्ट्सलाई ५ विकेटले हराउँदै चेन्नईले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.३ ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । चेन्नईलाई जित दिलाउन शिभम डुबेले ४३, रचिन रविन्द्रले ३७, शैक् रशिदले २७ र कप्तान महेन्द्र सिंह धोनीले २६ रन बनाए ।

चेन्नईको लागि रवि विश्नोईले दुई विकेट लिँदा दिग्वेश राठी, आवेश खान र एडिन मार्क्रमले समान एक/एक विकेट लिए ।

यसअघि घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो । लखनउको लागि कप्तान ऋशव पन्तले सर्वाधिक ६३ रन बनाए । उनले ४९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै मिट्चेल मार्सले ३०, आयुष बाडोनीले २२ र अब्दुल समदले २० रन बनाए ।

चेन्नईको लागि रविन्द्त जडेजा र माठेशा पाथिरानाले समान दुई/दुई विकेट लिंदा खलिल अहमद र अन्शुल कम्बोजले एक/एक विकेट लिए ।

जितका बाबजुत चेन्नई ७ खेलबाट ४ अंक जोड्दै तालिकाको दसौं स्थानमा रहेको छ । समान खेलबाट ८ अंक जोडेको लखनउ चौथो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *