एथ्लेटिकोलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । साविक विजेता रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । बुधबार भएको अन्तिम १६ को खेलमा एथ्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै म्याड्रिडले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

मेट्रोपोलिटानोमा भएको खेलको दोस्रो लेगको निर्धारित र अतिरिक्त समयमा एथ्लेटिको १-० गोलले विजयी भएपछि खेल समाग्रमा १-१ गोलको बराबरी भएको थियो । त्यसपछि भएको पेनाल्टी सुटआउटमा किलियन एम्बाप्पे, जुड बेल्लिन्घाम, फेडेरिको भाल्भेर्डे र एन्टोनियो रुडिगरले गोल गर्दा लुकास भास्क्वेज चुके । एथ्लेटिकोको लागि एलेक्सान्दर सोर्लोथ र एन्जल कोरेराले गोल गर्दा जुलियन अल्भारेज र मार्कोस लोरेन्टे चुके । अल्भारेजले पेनाल्टीमा गोल गरेपनि डबल टच भएको जनाउँदै भीएआरले गोललाई मान्यता दिएन ।

यसअघि खेलको पहिलो मिनेटमै कोनोर हाल्लेघरले गोल गर्दै एथ्लेटिकोलाई शुरुवाती अग्रता दिलाएका थिए । ७० औं मिनेटमा भिनिसियस जुनियर पेनाल्टीमा चुक्दा म्याड्रिडले खेलमा बराबरी गर्दै समाग्रमा अग्रता लिने मौका गुमाएको थियो ।

अब म्याड्रिडले क्वाटरफाइनलमामा लन्डन क्लब आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । आर्सनलले अन्तिम १६ मा पीएसभीलाई समाग्रमा ९-३ गोलले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *