म्यानचेस्टर युनाइटेड एफए कपको अन्तिम १६ मा

एजेन्सी । म्यानचेस्टर युनाइटेड एफए कपको अन्तिम १६ मा पुगेका छन् । शुक्रबार राति भएको खेलमा लेस्चर सिटीलाई २-१ गोलले हराउँदै युनाइटेड अन्तिम १६ मा पुगेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन जोश्वा जिर्क्जे र ह्यारी मगायरले समान एक/एक गोल गरे । लेस्चरको लागि बोबी रेडले एक गोल गरे । खेलको ४२ औं मिनेटमा रेडले गोल गर्दै लेस्चर सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा जिर्केले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा ब्रुनोको क्रसमा मगायरले हेडर गोल गर्दै युनाइटेडलाई २-१ गोलको जित दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *