एम्बाप्पेको ह्याट्रिकमा म्याड्रिड विजयी

एजेन्सी । फ्रेन्च फरवार्ड किलियन एम्बाप्पेले ह्याट्रिक पूरा गर्दा रियल म्याड्रिडले स्पेनिस लिग ला लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियल भाल्लाडोलिडलाई ३-० गोलले हराउँदै शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको हो ।

इस्टाडियो मुन्सिपाल जोसे जोरिल्लामा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन एम्बाप्पेको ह्याट्रिक पर्याप्त बन्यो । एम्बाप्पेले खेलको ३० औं, ५७ औं र इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

जितसँगै म्याड्रिड २१ खेलबाट ४९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १५ अंक जोडेको भाल्लाडोलिड पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *